विषादी परीक्षण नगरी भारतीय तरकारी भित्र्याउने निर्णय रोक्न सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले विषादीबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश दिउको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement