पतिसँग मिलेर प्रेमीको हत्या गर्ने महिला पक्राउ

पतिसँग मिलेर प्रेमीको हत्या गर्ने महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा प्रेमीको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । जिल्लाको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर कल्पनाले आफ्ना प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

गुल्मी जिल्ला घर भई मड क्षेत्रमा मजदूरीको काम गर्दै आएका कुँवरको असार २२ गते हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलामा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए । प्रहरीले कल्पनाका श्रीमानलाईसमेत पक्राउ गरेको छ ।