हिमालय एयरलाइन्सको ढाका उडान साउन ६ देखि


काठमाडौं – निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट बंगलादेशको ढाका सिधा उडान गर्ने भएको छ ।

एयरलाइन्सले १ सय ५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानमार्फत साउन ६ गतेदेखि ढाका उडान सञ्चालन गर्न लागको घोषणा गरेको हो ।

हिमालयसँग एयरबस विमान ३ वटा छन् । व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने जानकारी दिएको छ । सोमबार, बुधबार र शनिबार उडान गर्ने तयारी कम्पनीको छ । दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मको लागि छुट हुने एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement