छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका २२ जना पक्राउ

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका २२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर –ललितपुर महानगरपालिका सुनाकोठीमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित रामेछाप घर भएका मानबहादुर श्रेष्ठको अस्थायी टहरामा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ हाे । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई ४७ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ  ।

यसैगरी ललितपुर गोदावरी नगरपालिका-१० झ्यालुङटारस्थित राजु तामाङ र अजय तामाङको भ्यू कटेजमा जुवातास खेलिरहेका दुवै संचालक समेत १४ जनालाई ५ लाख ९ हजार ७ सय ५५ रुपैयाँ र तास सहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।