झापामा बाढीले बगाएर दुईको मृत्यु, एक बेपत्ता

झापामा बाढीले बगाएर दुईको मृत्यु, एक बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – झापामा बाढीले बगाएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । दमक नगरपालिका–१० स्थित लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की पुनम न्यौपानेकी ६ वर्षीया छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो ।

उनलाई घरनजिकैको भालुखोलाको ‘कल्भर्ट’को पानीमा खेल्नेक्रममा बगाएको थियो । स्थानीयले उद्धार गरी अस्पताल लगेकोमा उपचारकैक्रममा एलिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठले बताए ।

यस्तै, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमलखोलाको बाढीले बगाएर इलामको चुलाचुली गाउँपालिका–१ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ । यस्तै, खोला तर्नेक्रममा हडियाखोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका–१४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।