बाढी-पहिरो पीडितको उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

बाढी-पहिरो पीडितको उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बाढी प्रभावितहरुको राहत र उद्धारमा जुट्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।  शनिबार विज्ञप्ति जारी गरी देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका र घरवारविहीन भएकालाई उचित बसोबास,रोजगारी र राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।

महासचिव विप्लवले प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पुर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्रा्ष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको उल्लेख गरेका छन् ।