पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता सिद्धुले दिए राजीनामा

पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता सिद्धुले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पञ्जाब – पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता नवजोत सिंह सिद्धुले राजीनामा दिएका छन् ।  सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका छन् ।

राजीनामा सम्बन्धी जानकारी दिन गरिएको ट्वीट भन्दा पहिले उनले जुन १० मा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई लेखेको पत्र पनि ट्वीट गरेका छन् । पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र नवजोत सिंह सिद्धुबिचको सम्बन्धमा तनाव आएका कुरा लामो समयदेखि चर्चामा थियो ।