कुलेखानीको जलाशय भरिँदै,वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

कुलेखानीको जलाशय भरिँदै,वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – लगातार वर्षाका कारण कुलेखानी ड्याम इन्द्रसरोवर जलविद्युत आयोजनाको जलाशय भरिने अवस्थामा पुगेको छ । सोमबार बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेको छ ।  कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको हो ।

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिएका छन्।
पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो ।

कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४र३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको,केही घण्टा पछि खोल्न शुरु हुन्छ। सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई आवश्यक सतर्कता,तयारीको लागि सूचना सम्प्रेषण भईसकेको छ। तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला।  कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४र३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ । केही घण्टा पछि खोल्न शुरु हुन्छ । तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला।

मकवानपुरको अन्यत्र वर्षा रोकिए पनि उत्तरी मकवानपुरको थाहा नगर, तथा इन्द्रसरोवर आसपास अत्यधिक पानी परिरहेको कारण कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले इन्द्रसरोवरको ड्याम केही खोलेर भए पनि जोखिम कम गर्ने तयारी थालेको प्रजिअ तामाङले जानकारी दिए।

कुलेखानीमा क्षमताभन्दा बढी रहेको पानी निकाल्दासमेत विभिन्न चार वटा जिल्लाका नदीनाला आसपासका क्षेत्र जोखिममा पर्ने हुँदा सचेत र सजक रहनसमेत आग्रह गरिएको उनको भनाइ छ । त्यहाँबाट बग्ने पानीले बाढीको खतरा हुने भएकाले सतर्क रहनका लागि आग्रह गरिएको हो ।  कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ । समुद्री सतहबाट ११४ मिटर उचाइमा ड्याम रहेको छ । तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशयमा एक हजार ५३० घनमिटर पानी अट्ने क्षमता छ । ड्याम ३७ वर्षअघि निर्माण गरिएको हो ।