एजेन्सी – गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ आक्रमण गरेपछि कुनै पनि भारतीय जहाजलाई पाकिस्तानले आफ्नो अकाशमा उड्न दिएको थिएन। पाकिस्तानले साढे चार महिनापछि भारतीय समेत अन्य विमानका लागि आफ्नो हवाइ क्षेत्र सोमबार राती १२ः४१ बजेदेखि हवाई क्षेत्र खुला गरेको हो ।
पाकिस्तानले विभिन्न समयमा सूचना निकाल्दै र समय थप्दै आफ्नो आकाश बन्द भएको जानकारी गराउँदै आएको थियो। भारतीय उड्डयन विमागले यस मामिलाको समीक्षा गरेको थियो र अब दुवैको बीच विमान आवातजावत शुरु भएको छ । पुलवामा हमला गरेपछि भारतीय वायुसेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा कथित रुपमा जैश–ए–मोहम्मदको आतंकी शिवरमाथि हवाई हमला गरेको थियो ।
त्यसपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।हवाई क्षेत्र बन्द भएपछि युरोप र खाडी देश जाने विमानहरु गुजरातदेखि अरब सागर हुँदै जानुपर्ने बाध्यता थियो । गत महिना प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ समिटका लागि किर्गिस्तान जानुपर्ने थियो । त्यतिबेला पाकिस्तानले मोदीका लागि ४८ घण्टाका लागि आफ्नो हवाई क्षेत्र खुला गरेको थियो । तर, मोदीले पाकिस्तानको हवाई क्षेत्र प्रयोग भने गरेनन् ।




प्रतिक्रिया