केहि दिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्यारोमा परेका स्थानीयलाई सशस्त्र प्रहरीले बेलिब्रिज बाइदिए पश्चात आवगमनमा सहज भएको छ ।
सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा भीषण वर्षाले बगाएर लगेपछि ५ दिनदेखि आवगमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या झेलिरहेका थिए ।
स्थानीयबासि सडक सन्जालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिक्षा, यातायातमा असहज भएकोदेखि बेलिब्रिज निर्माण गरी सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हालेका सशस्त्र प्रहरी निरिक्षक दिपक कोइरालाले बताए ।
पुलको बरियारपट्टी तर्फको कटान हुँदा ५ दिन देखि आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारी पारि गर्न नसक्ने अवस्था र राजमार्ग सम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले पुल बेलिब्रिज बनाए पश्चात जनजिवन सहज भएको स्थानिय श्यामलाल राजवंशीले बताए।




प्रतिक्रिया