काठमाडौं – लगातार वर्षाका कारण र्पुयाएको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको एक टोली प्रदेश नं.२ जान लागेका छन् । बाढी तथा डुबानले र्पुयाएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न टोली तराईका विभिन्न जिल्लामा जान लागेका हुन्।
तराईका जिल्लामा बाढी तथा डुबानले पु¥याएको क्षति, पीडितको उद्धार तथा राहत वितरणको अवस्था बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, गृहमन्त्री रामबहादुर थापा ऊर्जामन्त्री वर्षमान पुन,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी,विकास समिति सभापति कल्याणी खड्का,लगायत संलग्न टोली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार बिहान रौतहटको गौर अवतरण गरेका हुन्।
तराईका विभिन्न जिल्लामा बाढी र डुबानका कारण दर्जनौँको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन्।




प्रतिक्रिया