गृहमन्त्रीले गरे बाढी ग्रस्त रौतहट लगायत तराइका क्षेत्रको हवाई निरिक्षण

गृहमन्त्रीले गरे बाढी ग्रस्त रौतहट लगायत तराइका क्षेत्रको हवाई निरिक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – लगातार वर्षाका कारण र्पुयाएको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापाले बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको बुधबार बिहान हवाई निरिक्षण गरेका छन् ।

बाढी तथा डुबानले र्पुयाएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न मन्त्रीहरुको एक टोली प्रदेश नं.२ लागेका थिए । गत साता परेको अविरल वर्षापछि रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८० प्रतिशत हिस्सा डुबानमा परेको थियो ।

तराईका जिल्लामा बाढी तथा डुबानले पु¥याएको क्षति, पीडितको उद्धार तथा राहत वितरणको अवस्था बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल,ऊर्जामन्त्री वर्षमान पुन,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी,विकास समिति सभापति कल्याणी खड्का,लगायत संलग्न टोली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार बिहान रौतहटको गौरमा अवतरण गरेका थिए । यस वर्ष बाढी पहिरो तथा डुबानका कारण मर्नेको संख्या ७८ नाघेको छ ।