नेपाली बाँधकै कारण तराई-मधेस डुबानमा पर्‍यो : गृहमन्त्री थापा


जनकपुर – लगातार वर्षाका कारण र्पुयाएको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरुको टोलीले बुधबार बिहान रौतहटको गौर लगायत तराइका क्षेत्रमा हवाई निरिक्षण गरेका छन् ।

निरिक्षणको क्रममा गृहमन्त्री रामबहादुर थापाले नेपाली बाँधकै कारण तराई–मधेस डुबानमा परेको बताएका हुन् । उनले नेपाली बाँधलाई ठिक ढङ्गले व्यवस्थापन नगरेका कारण डुबानको समस्या बढेको बताए ।

‘सीमामा भारतले बाँधरुपी बाटो बनाएका कारण नेपाली भू–भाग डुबानमा परेको खबर आएपछि हामीले भारतसँग कुराकानी र्गयौँ,’ बाढी प्रभावित क्षेत्रको हेलिकप्टर निरीक्षणपछि जनकपुर विमानस्थलमा पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने,‘त्यो भारत बाँधले समस्या नल्याएको देखियो । हामीतिर ठिक ढंगले तटबन्धन नगरेकाले डुबानमा परेको हो ।’ उनले खोला–नदीको बाँधलाई व्यवस्थित गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित झन्डै आधा दर्जन मन्त्रीसहित बुधबार प्रदेश २ को बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका गृहमन्त्री थापाले दैवीप्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको जानकारी दिए । उनले प्राधिकरण गठनका लागि नियमावली बनिसकेको बताए ।

‘बाढी र डुबानले प्रदेश २ मा बढी क्षति र्पुयाएको छ,’उनले भने, ‘राहत र पुर्न्निर्माणको काम अगाडि बढाउनुपर्छ । चुरे विनाशले मधेसमा बाढीले बढी क्षति र्पुयाएको देखिन्छ ।’ गृहमन्त्री थापाले विपद्को बेला तत्कालै उद्धार, राहत र अन्य कामका लागि पहाड र तराईमा हेलिकप्टरको बन्दोबस्त मिलाउने सरकारको सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement