संघीय सांसद मात्र होइन, सुदूरपश्चिम प्रदेशका सांसदलाई पनि ल्यापटप

संघीय सांसद मात्र होइन, सुदूरपश्चिम प्रदेशका सांसदलाई पनि ल्यापटप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—संघीय संसदका सांसदलाई सरकारी पैसाबाट ल्यापटप दिएपछि त्यसको व्यापक विरोध भइरहेका बेला सुदूरपश्चिम प्रदेशसभामा पनि सोही कार्यक्रम अगाडि बढाइएको छ ।

त्यहाँको प्रदेश सभाका सदस्यलाई ल्यापटप किन्न २७ लाखभन्दा बढी बजेट खर्च गरिँर्दैछ ।

प्रत्येक प्रदेशसभा सदस्यले ६० हजार रुपैयाँभन्दा बढी मूल्यका ल्यापटप पाउने भएका हुन्। मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख र ४३ जना प्रदेशसभा सदस्यहरूलाई दिइने ल्यापटप बुधवार मात्रै प्रदेशसभा सचिवालयमा पुगेको छ। प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले केही दिनमै सबै प्रदेशसभा सदस्यहरूलाई ल्यापटप वितरण गरिने बताए।