काठमाडौं – थापाथलीस्थित प्रसूति गृहमा तनाव उत्पन्न भएको छ । सुत्केरी गराउन प्रसूति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको बताइएको छ।
शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तले बताएका छन् । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता जारी छ। अस्पतालको लापरबाहीले आमाको ज्यान गएको आरोप आफन्तले लगाएका छन् ।




प्रतिक्रिया