पर्वतमा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदैं

पर्वतमा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत –  जिल्ला बिपद् ब्यबस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका ब्यक्ति र बस्तीहरुलाई स्थानिय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरे्को छ । नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दा सम्म सधै जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र ब्यक्तिलाई समेत स्थानान्तरण गर्न स्थानिय तहलाई जिम्बेवार बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

गत बर्ष बाढी आएका कारण जलजला गाउँपालिकाका लस्ती, लुङ्गदीमा घर बगाउनुका साथै धेरै घर जोखिममा परेका थिए । कालीगण्डकी नदी, मोदीखोला, सेती खोला, रतीखोला, लगायतका नदी र खोला किनारमा बनेका घर र बस्तीहरु समेत जोखिममा छन ।  पर्वतका भंगरा, देउराली, धाइरि पर्वतका भंगरा, देउराली, धाइरिङ्ग, तिलहार, देउपुर, होस्राङ्गदी लगायतका बस्तीहरुमा गत बर्ष पनि पहिरोको चपेटामा परेका थिए । जथाभावी रुपमा खनिएका कारण धेरै घर र बस्ती जोखिममा छन् ।

पर्वत जिल्लाको समग्र विपद व्यवस्थापनको वारेमा वनाईएको उक्त विपद प्रतिकार्य योजनामा ७ वटा स्थानिय तहमा जोखिम यूक्त स्थानहरुको पहिचान र तत्काल घटना घट्दा चाहिने स्टक सामान सहयोगी निकाय लगायतको सुचना सहितको विवरण उल्लेख गरिएको छ ।

विपदको राहातका लागी खाद्यन्न भण्डारका लागि उद्योग वाणिज्य संघ पर्वत,औषधि उपचारका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय पर्वत, उद्दारका लागि नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी, भौतिक सामानका लागि नेपाल रेडक्रस सोसाईटी पर्वत,सामाजिक परिचालन र आर्थिक सहयोगका लागि गैह् सरकारी संस्थाहरु,रोटरी क्वल र लायन्स क्लवहरु तथा सूचना संचारका लागि पर्वतमा कृयाशिल संचार गृहहरु तयारी अवस्थामा रहने निर्णय भएको छ ।