ट्राफिक प्रहरी बाँकेद्धारा १ करोड बढि राजश्व संकलन

ट्राफिक प्रहरी बाँकेद्धारा १ करोड बढि राजश्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आ.ब २०७५-७६ मा एक करोड बढि राजस्व संकलन गरेको छ । बाँके ट्राफिकले आ.ब ०७५-७६ मा ३० हजार पांच सय ६२ सवारी साधनलाई कारवाही गर्दै एक करोड बढि राजश्व संकलन गर्न सफल भएको हो ।

ट्राफिक प्रहरीले मापसे कारवाहीबाट बाँकेमा सबैभन्दा बढि राजश्व संकलन गरेको छ । मापसे कारबाहीबाट मात्र एक लाख ९८ हजार राजश्व संकलन भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकायाले जानकारी दिए ।  ट्राफिक एप कम्यूनिकेसनबाट १ लाख २३ हजार राजस्व संकलन गरिएको बाँकेका ट्राफिक प्रमुख हिरेन्द्र रोकायाले बताए ।