खाद्य तथा पेयपदार्थको भाउ आकाशियो, काठमाडौँमा सबैभन्दा बढी

खाद्य तथा पेयपदार्थको भाउ आकाशियो, काठमाडौँमा सबैभन्दा बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ-पछिल्लो समय नेपाली बजारमा खाद्य, तरकारी र पेयपदार्थको भाउ आकाशिएको छ। राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको देखाउको हो।

रिपोर्ट अनुसार उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि २.१ प्रतिशतले बढेर ६.२ प्रतिशत पुगेको छ। गत आवको ११ महिनाको तथ्यांकअनुसार २०७६ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति यस्तो देखिएको हो। जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो।

खाद्यान्नको मूल्य ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समग्रमा अघिल्लो जेठको तुलनामा गएको जेठमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.० प्रतिशत रहेको थियो।

सो समूहको मूल्य बढेपनि गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिमा भने थोरै परिवर्तन आएको छ । अघिल्लो आवको जेठमा ५ प्रतिशतले बढेको मूल्य वृद्धि गत जेठमा पुग्दा ५.७ प्रतिशत पुगेको छ ।

क्ष्ोत्रगत रुपमा काठमाडौंमा सबैभन्दा बढी महंगी छ। २०७६ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.१ प्रतिशत थियो। हिमालमा ६.५ प्रतिशत, तराईमा ५.८ प्रतिशत र पहाडमा ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति काठमाडौंमा ३.१ प्रतिशत थियो, भने अन्यमा क्रमशः ६.४ प्रतिशत, ४.२ प्रतिशत र ४.९ प्रतिशत रहेको थियो ।