फेरिएन ‘घुस्याहा’ कर्मचारीको प्रवृत्ति

फेरिएन ‘घुस्याहा’ कर्मचारीको प्रवृत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ । घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने देखिएको छ । केही सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास हुन थालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा सक्रियता बढाएसँगै घुस्याहा कर्मचारी पक्राउ पर्ने क्रम बढेको हो । घुस्याहा कर्मचारीहरूले कार्यालयपिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी र ठेकेदारमार्फत घुसको लेनदेन गर्ने गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । घुस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिकासमेत फेरिँदै जान थालेकाले उनीहरूलाई पक्राउ गर्न समेत कठिन हुने गरेको अख्तियारका अनुसन्धान अधिकृतको अनुभव छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अघिल्लो आर्थिक वर्ष सुरु भएलगत्तै एउटा महŒवपूर्ण अभियान ल्यायो । जुन अभियानअनुसार प्रत्येक सरकारी कर्मचारीहरू कार्यालयमा प्रवेश गर्नुअघि घुस नखाने शपथ लिएर प्रवेश गर्नुपथ्र्यो । तर, कर्मचारीहरूले यो अभियानलाई सहजै हावा खुवाइदिए ।

प्रधानमन्त्री कार्यालयले पनि सशक्त अनुगमन गर्न सकेन । प्रधानमन्त्री कार्यालयको अभियानलाई बिर्सन पुगेका कर्मचारीले अभियानलाई उल्टाइदिँदै धमाधम घुस खाने क्रमलाई तीव्र पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत आर्थिक वर्षमा स्टिङ अप्रेसन गर्ने क्रमलाई तीव्र पा¥यो तर पनि कर्मचारीहरूले घुस खान छोडेका छैनन् । अख्तियारका अनुसार स्टिङ अप्रेसनको क्रममा पछिल्लो एक वर्षमा मात्रै १ सय ६१ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।यो खबर राजधानी दैनिकमा छ ।