भारतीय विदेश सचिव मिस्री २८ गते काठमाण्डु आउँदै, मन्त्री खनाल जेठ १६ गते भारत जाने

भारतीय विदेश सचिव मिस्री २८ गते काठमाण्डु आउँदै, मन्त्री खनाल जेठ १६ गते भारत जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्री यसै वैशाख २८ गते काठमाण्डु आउने तय भएको छ ।

काठमाण्डु बनेको नयाँ सरकारसँग औपचारिक सम्बन्ध स्थापित गर्न विदेश सचिव मिस्री काठमाण्डु आउन लागेका हुन् ।

उनी वैशाख २८ र २९ गते (११–१२ मे) काठमाण्डुमा रहनेछन् । उनीसँगै मन्त्रालयका नेपाल मामिला हेर्ने सहसचिव मनु महावर पनि आउँदैछन् ।

दुवै देशबिच उच्चस्तरीय राजनीतिक भ्रमणको तयारीस्वरूप मिस्री नेपाल आउन लागेका बताइएको छ ।

उनको भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण हुनसक्ने स्रोतले जनाएको छ । मन्त्री खनाल ३० मे (जेठ १६ गते) मा भारत जानसक्ने तयारी रहेको बताइएको छ । ३१ मेमा इन्डिया–अफ्रिका समिटमा बिमस्टेकका सदस्य राष्ट्रका विदेशमन्त्रीलाई बोलाइएकोमा खनाल पनि सहभागी हुनेछन् । तर औपचारिक रूपमा १ जुनमा आयोजना हुने इन्टरनेसनल बिग क्याट एलायन्सको समिटमा सहभागी भएर मन्त्री खनालले सम्बोधन गर्नेछन् ।