काठमाडौँ— वैदिक सनातन धर्म संरक्षणार्थ इलाममा समिति गठन गरिएको छ। कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा गठित ११ सदस्यीय समितिकाे उपाध्यक्षमा वेदप्रकाश पौडेल रहेका छन् । त्यस्तै, द्वीतिय उपाध्यक्षमा विष्णु प्रसाद, महासचिवमा कृष्णप्रसाद भट्टराई, सचिवमा नरेन्द्रप्रसाद पौडेल र कोषाध्यक्षमा मोहनप्रसाद पौडेल रहेका छन्।
यसैगरी, सदस्यममा हरिप्रसाद सुवेदी, गोविन्द भट्टराई, टिकाप्रसाद ढुंगाना, नारद भट्टराई, पोटनाथ काफ्ले, चेवन दुलाल र बुद्धिप्रसाद दाहाल रहेका छन्।
धर्म निर्णायक समिति पनि चयन भएको छ ।
दिवाकर घिमिरेको संयोजकत्वमा गठित समितिको सदस्यमा चेतनाथ निरौला, हरिकृष्ण घिमिरे, चिन्तामणि गौतम, टिकाप्रसाद घिमिरे, लक्ष्मीप्रसाद दुलाल, खड्गनारायण निरौला, यादवप्रसाद दाहाल, उपेन्द्र पोख्रेल, लक्ष्मीप्रसाद खतिवडा र खगेन्द्र सुवेदी रहेका छन्।




प्रतिक्रिया