डोटी- डोटीको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरको वडा कार्यालयमा सोमबार राति अन्दाजी १२ बजे अज्ञात समूहबाट आगजनी भएको छ।
आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचरसहित वडाको छाना समेत जलेर नष्ट भएको जोरायल इलाका प्रहरी कार्यालयले जनाएको छ । वडा सचिवको कार्यकक्ष रहेको कोठामा भएका कागजातहरु पनि पूर्ण रुपमा जलेर नष्ट भएको र केहि फर्निचर मात्रै बाँकी रहेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबारदेखि देशभरमा सरकारी सवारी साधनमा प्रतिवन्ध लगाउने घोषणा गरेको अघिल्लो राति वडा कार्यालय जलाइएको र सो क्षेत्रमा सोमबार दिउँसो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता देखिएको भन्ने सुन्नमा आएकाले आगजनी पनि उनिहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले अहिले घटनाको थपअनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया