काठमाडौं – सत्तारुढ नेकपाका नेता भीम रावलले दूतावासले अर्ति दिएर कूटनीतिक गतिविधि गर्ने क्रम रोकिनुपर्ने बताएका छन् । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलको सक्रियताप्रति नेता रावलले मंगलबार ट्विट गर्दै भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाएका हुन्।
रअ प्रमुख गोयलसहितका केही उच्च सुरक्षा अधिकारी आएको अवसरमा भारतीय दूतावासले जलपानका लागि नेता, सांसद र पत्रकारलाई निम्ता गरेको थियो। संसदीय समिति सभापतिका लागि भारतीय दूतावासमा जलपान दूतावासले सांसद, पत्रकार र नेतालाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरित भएको उनको भनाइ छ। उनले यस्ता गतिविधि रोकनुपर्ने उल्लेख गरेका छन्।
‘कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ’, रावलले ट्विटमा लेखेका छन्।
नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो ।रोक्ने सामर्थ्य सरकारसंग थिएन ।हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामर्थ्य दिएको छ ।कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कुटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ ।
— Bhim Rawal (@BhimRawal179) July 23, 2019




प्रतिक्रिया