यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (बुधबार) देशभर मौसम बदली भई अधिकांश स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य र पश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो तथा राति पनि देशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज (बुधबार) देशका केही नदी र खोलामा ठूलो बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

महाशाखाले बुधबार बिहान एक सूचना जारी गर्दै चुरे पहाडबाट बहने नदी तथा खोलामा ठूलो बाढी आउन सक्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज चितवन, पर्सा, बारा, मकबानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३ र ५ नम्बर प्रदेशका जिल्लाका नदी तथा खोलामा ठूलो बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको चुरे र पहाडबाट बहने साना नदीमा समेत पानीको उच्च बहावको संभावना रहेकाले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।