युएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्यु

युएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगरीका लागि युएई पुगेका कामदारको संख्या बढेपछि विभिन्न कारणले ज्यान गुमाउनेको संख्या बढेको छ ।

आबुधाबीमा रहेको नेपाली दुतावासका अनुसार एक वर्षको अवधिमा युएईमा ९८ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो । मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार ४८ जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ । २१ पुरुष र २ जन महिलले आत्महत्या गरेका छन् । त्यसैगरि २ महिला र २१ जना पुरुषको दुर्घटनामा परि मृत्यु भएको छ । तीन जना पुरुष र १ जना महिलाको हत्या भएको छ ।