काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले अख्तियारले विभिन्न व्यक्तिको सम्पत्ति छानबिन गरिरहेको बताएका छन् ।
प्रमुख आयुक्त घिमिरेले सम्पत्ति सुद्धीकरणको विषयमा आयोगले विभिन्न व्यक्तिहरुमाथि गम्भीर अनुसन्धान गरिरहेको जानकारी दिए ।
अख्तियारले करिब १४० जनाको सम्पत्ति छानबिन गरिरहेको र अनुसन्धान निष्कर्षमा नपुगेसम्म विवरण सार्वजनिक नगरिने समेत उनले बताए ।
‘हामीले १३० देखि १४० जना व्यक्तिहरुको सम्पत्ति छानबिन गरेका छौं’ बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘हामी अनुसन्धानको प्रक्रियामा छौं, सबै विषय अदालतमा प्रवेश गरिसकेपछि मात्रै सार्वजनिक हुन्छ ।’
त्यस्तै घिमिरेले भ्रष्टाचार नियन्त्रण अख्तियार एक्लैले गर्न नसक्ने र यसमा सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको बताए ।




प्रतिक्रिया