कुमारी बैंकको सारथीसँग सहकार्य सम्झौता

कुमारी बैंकको सारथीसँग सहकार्य सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ ।

उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरे । उक्त सहकार्य पश्चात् सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगाङ्ग्कित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ ।

यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड (Unique QR Code) अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सोही सहकार्य पश्चात् कुमारी बैंकले पुनः अत्याधुनिक मन्चबाट ब्रान्डिङ तथा प्राचारिक नवीकरणमा केन्द्रित भएको संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।