सचिवद्वय सिंह र अधिकारीको सरुवा

सचिवद्वय सिंह र अधिकारीको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— सरकारले दुई सचिवको सरुवा गरेको छ। हालै बसेको मन्त्रिपरिषद्को बैठकले सचिवद्वय रमेशप्रसाद सिंह र मधुसुदन अधिकारीको सरुवा गरेको हो।

सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ, भने आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।