विश्व हल्लाउन सफल यो तस्वीर

विश्व हल्लाउन सफल यो तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पछिल्लो समय मेक्सिको–अमेरिका सीमास्थित रियो ग्राण्डे नदीमा डुबेको अवस्थामा फेला परेको बाबुछोरीको दर्दनाक तस्वीरकोे चर्चा नसेलाउँदै अर्को एउटा तस्वीरले विश्व हल्लाउन सफल भइरहेको छ ।

बन्दुक बोकेका सिपाही अघितिर डराएकी आमा र उनीसँगै उनको अबोध छोराको एउटा तस्वीरले अहिले विश्वभरको ध्यान खिचिरहेको छ ।

प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ ।
त्यो फोटो हो अमेरिका प्रवेश गर्न खोज्ने ग्वोटेमालाका आमा छोराको ।

मेक्सिको र अमेरिकाको सीमा नाकामा खिचिएको यस फोटोमा एक सेना र आमासहित एक बालक रहेका छन् ।

रोयर्टसका फोटोग्राफर जोन लुइस गोन्जालेजले खिचेका फोटोमा सेनाले बन्दुक देखाएका छन् भने आमा रोइरहेकी छन् । यस्तै बालकको निर्दाेस अनुहारले सेनालाई हेरिरहेको देखिन्छ ।

राम्रो जीवन शैलीको मोहमा विश्वका धेरै मानिसहरु अबैध रुपमा मेक्सिको हुँदै अमेरिका जाने गरेका छन् ।

अमेरिकामा शरणार्थी बन्ने चाहनामा दैनिक सयौँ मानिस अनेक दुःख झेल्दै अबैध रुपमा जाने प्रयास गर्दै आएका छन् । यसैगरी अमेरिका जान खोजेका आमा छोरा मेक्सिकोको सीमानामा सेनाले फेला पारेपछिको यो फोटो खिचिएको थियो ।

फोटो सामाजिक सञ्जालमा ‘अपलोड’ भएसँगै भाइरल भएको थियो । जहाँ महिलाले आफ्नो ६ वर्षीय छोराका साथ मेक्सिको बोर्डर पार गरी अमेरिका जान सेनासँग प्राथना गरेकी छन् ।

ती आमा छोरा ग्वोटेमालादेखि लगभग दुई हजार ४ सय दश किलोमिटर दुरी पार गरेर मेक्सिको र अमेरिकाको सीमानामा पुगेका थिए । सुन्दर भविष्यको खोजीमा यतिका दुरी पार गरेका उनीहरुलाई सुरक्षाकर्मीले सीमा नाकामा रोके र उनीहरुलाई सुरक्षाकर्मीले सीमाना पार गर्न दिएनन् ।

फोटोग्राफर जोन लुइसले सुरक्षाकर्मीसँग रुदै सीमाना पार गर्न याचना गरिरहेको अवस्थामा यो फोटो लिएका थिए । उनी आफ्नो छोराको सुन्दर भविष्यका लागि अमेरिका जान चाहन्थिन् ।

सन् २०२० मा अमेरिकामा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइँ गरिरहेका छन् । यो तस्वीरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ ।