काठमाडौं – अस्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेका नेपाली विद्यार्थीहरु समीक्षा सुवेदी र गोपाल भण्डारी रहेको द नेप्लिज भ्वाइसले समाचार छापेको छ ।
पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट शनिबार साँझ स्नोइ माउन्टेन गएका थिए ।
हिउँ खेल्न जाने क्रममा विद्यार्थीहरूको एक समूह चढेकोे कार कोमाको मोनारो हाइवेमा दुर्घटना भएको हो ।
घाइते तीन जना विद्यार्थीहरू मध्ये अस्वीन कँडेलको अवस्था सामान्य रहेको र उनी कोमा हस्पिटलबाट डिस्चार्ज भईसकेका छन् ।




प्रतिक्रिया