एजेन्सी – एसियाकै धनाढ्य मुकेश अम्बानीले आफ्नी बुहारीलाई सुनको कार उपहार दिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उनले बुहारी श्लोकालाई उपहार दिएको सुनको कारको मूल्य ४१० मिलियन परेको बताइएको छ ।
अम्बानीले उक्त सुनको कार दुबईबाट सिधैँ भारत ल्याई उपहार दिएका हुन् । दुबईमा सुनको कार बन्नु र बनाउनु नौलो कुरा होइन । दुबईका शेख पनि सुनको कारमा नै शयर गर्छन् भने मुकेश पनि निकै कार शोखिन छन् । उनीसँग १७० भन्दा बढी कारको विशाल संग्रह छ ।
रिल्यान्स इन्डस्ट्रीजका मालिक अम्बानी पैसा, गाडी तथा विभिन्न विलासीका सामानका कारण प्राय चर्चामा आइरहन्छन् ।




प्रतिक्रिया