स्कूल विभाग पूर्वमाओवादीलाई दिन तयार हुनुपर्छ : घनश्याम भुसाल

स्कूल विभाग पूर्वमाओवादीलाई दिन तयार हुनुपर्छ : घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कूल विभाग पूर्वमाओवादीलाई दिए आफु सहमत हुने बताएका छन् ।

आइतबार वीरगञ्जमा प्रस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले सो कुरा बताएका हुन् ।

उनले आफु पार्टीको स्कूल विभागमा ९औं राष्ट्रिय महादिवेशनदेखि स्वभाविक दाबी रहेको बताउँदै पूर्वएमालेले स्कूल विभाग पाएमा स्वतः त्यसको नेतृत्वको दावेदार आफु हुने भन्दैै उनले त्यसै निहुँमा एकता अलमलाउन नचाहाने बताए ।

स्कूल विभागको नेतृत्व अध्यक्षद्धयले लिनेबारे पनि उनले आफ्नो धारणा सार्वजनिक गरे ।
‘स्कूल विभागको नेतृत्व अध्यक्षद्धयले नै लिने हो भने त्यो सबैभन्दा कमजोर समाधान हुनेछ’ उनले भने, ‘यसले स्कूल विभाग चल्दैन र झन कमजोर बनाउँछ ।’

उनले प्रधानमन्त्री ओली सामूहिक नेतृत्वभन्दा अमेरिकाको जस्तो एकल नेतृत्वमा बढी चलेको बताउँदै प्रधानमन्त्री कै कारण एकता लम्बिएको आरोप लगाए ।