टोखामा दिउँसै युवामाथि खुकुरी प्रहार, एक जना पक्राउ

टोखामा दिउँसै युवामाथि खुकुरी प्रहार, एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका–३ स्थित विष्णुमती पुल नजकै एक युवामाथि दिउँसै खुकरी प्रहार भएको छ ।

शनिबार दिउँसो टोखा नगरपालिका–३ स्थित विष्णुमती पुल नजिक दोलखा घरभई सोही स्थानमा बस्ने ४५ वर्षीय शुकमान तामाङमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका तामाङको ग्रान्डी अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारमा संलग्न रहेको भन्दै प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई पक्राउ गरेको छ । मोक्तानलाई शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित पक्राउ गरेको हो ।