काठमाडौं – ललिता निवासको जग्गा प्रकरणमा नाम मुछिएका पर्वतका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । बालाजुको माछापोखरी स्थित हिमालय सिटी सेन्टरको सातौ तल्लाबाट हामफालेर आत्महत्या गरेको जनाइएको छ ।
५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी २०५८ सालदेखि डिल्लीबजार मालपोतका नासुको रुपमा कार्यरत थिए । हाल उनले अवकाश पाएका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारस्थित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो।




प्रतिक्रिया