पूर्वजनमुक्ति सेनाका कमाण्डर बिक्रम गुरुङ्ग १० वर्षको लागि जेल चलान

पूर्वजनमुक्ति सेनाका कमाण्डर बिक्रम गुरुङ्ग १० वर्षको लागि जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि हतियारसहित माओवादीमा लागेका गोरखा आरुघाट गाउपालिका–७ का बिक्रम गुरुङ ‘शक्ति’लाई सैनिक आदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको फैसलासंगै गुरुङ जेल चलान भएका छन् । गुरुङलाई नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनाको भगौडा ऐन अनुसार मुद्धा चलाइएको थियो ।