प्रहरी अस्पताललाई १ करोड मूल्य बराबरको मेडिकल उपकरण प्रदान

प्रहरी अस्पताललाई १ करोड मूल्य बराबरको मेडिकल उपकरण प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपालगञ्जस्थित क्षेत्रीय प्रहरी अस्पताललाई एक करोड मूल्य बराबरको उपकरण हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले अस्पतालको उद्घाटन गर्दै अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेसिन, अक्सिजन सिलिण्डर, राउण्ड ट्रली, बेड, कुर्सीजस्ता आवश्यक सामाग्री प्रदान गरेको अस्पतालका प्रहरी प्रमुख उपरीक्षक डा.आशिष दत्तले जानकारी दिए ।

अस्पतालबाट हालसम्म प्रहरी कर्मचारी र र प्रहरीका परिवारमध्येबाट ४८ हजार बढीले सेवा लिइसकेको प्रहरी प्रमुख उपरीक्षक डा. दत्तले जानकारी दिए । उक्त प्रहरी अस्पतालको २०५८ सालमा स्थापना गरिएको थियो ।