काठमाडौं – आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भई केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार राति पश्चिम भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘राति पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली भएको छ । महाशाखाका अनुसार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको र अहिलेपनि देशका थारै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
साउन १४ गते मंगलबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
साउन १५ गते बुधबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको पश्चिमी पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।
साउन १६ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।




प्रतिक्रिया