पत्नी र दुई छोरीसहित युएई उडे अध्यक्ष प्रचण्ड

पत्नी र दुई छोरीसहित युएई उडे अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहाल र तीनजना बच्चासहित बिहान ९ः३० बजे युएई प्रस्थान गरेका नेकपा अध्यक्ष प्रचण्डको यो भ्रमण लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा तय भएको उनका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए । ।

५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पारिवारिक श्रोतले जनाएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए । भ्रमण सकाएर उनी १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।