भक्तपुर – भक्तपुरको बोडेमा दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरस्थित बोडेमा कोठामा बस्दै आएका २१ वर्षे जीवन तामाङ र रामेछाप घर भएकी मंगली घिसिङ्गको शव उनीहरु बस्ने कोठामा फेला परेको प्रहरीले जनाएको छ ।
पेशाले सवारी चालकको काम गर्ने २१ वर्षका तामाङ विवाहित हुन् । उनको एक श्रीमती र २ वर्षकी छोरी छन् ।
प्रहरीका अनुसार श्रीमानको व्यवहार ठिक नलागेपछि जीवनकी श्रीमती रितु तामाङले यहि साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा आफ्नो श्रीमान अर्को युवतीसँग लागेर आफुलाई बेवास्ता गरेको भन्द उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले जीवनलाई बोलाएर छलफल गरेको थियो ।
त्यसपछि प्रहरीले जिवनलाई बोलाएर रितुसँग छलफल गरेको र सोमबार जीवनले अब मंगलीसँग नबस्ने भन्दै प्रतिबद्धता समेत जनाएका थिए ।
बोडेमा कोठा गरि बस्ने जीवन र रामेछाप बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान गरिएको छ ।
घरमा श्रीमती हुदाँहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया