काठमाडौं – काठमाडौंको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइफलसहित मंगलबार मध्याह्न पक्राउ गरिएको हो ।
ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरेको छ । घटना अनुसन्धान सिलसिलामा रहेको भन्दै प्रहरीले यसबारे विस्तृत खुलाएको छैन ।
सोमबार राति शर्माको घरको तेस्रो तलाको झ्याललाई २२ राइफलको दुई एमएम गोलीले छेडेको थियो । २२ र १२ दुवै राइफल सिकार गर्दा प्रयोग गरिन्छ ।




प्रतिक्रिया