नेपाल जनता दलका जिल्ला अध्यक्ष राउतमाथि कसले गर्यो छुरा प्रहार ?

नेपाल जनता दलका जिल्ला अध्यक्ष राउतमाथि कसले गर्यो छुरा प्रहार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – नेपाल जनता दलका धनुषा जिल्ला अध्यक्ष मुंजय राउतमाथि छुरा प्रहार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१ वकिल टोलमा मंगलबार राति सवा ८ बजेतिर मोटरसाईकलमा आएका दुई जनाको अज्ञात समुहले राउतमाथि छुरा प्रहार गरेको हो ।

राउतको कोखमा छुरा लागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

राउत आफ्नो कोठातिर पैदल जाँदै गरेको समयमा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले उनीमाथि छुरा प्रहार गरेका थिए ।

राउतको अहिले जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको र र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।