बनेपा – नेपाली सेनाका एक अधिकृतको घरमा चोरीको बिजुली प्रयोग भइरहेको रहस्य खुलेको छ ।
नेपाली सेनाका मेजर राजु केसीको काभ्रे धुलिखेल नगरपालिका–७ बाँसघारीस्थित घरमा वर्षाैँदेखि चोरीकै बिजुली प्रयोग भइरहेको रहस्य खुलेकोे हो ।
साउन १२ गते नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाको टोली राजुका बुवा केशव केसीको घरमा जडान गरिएको मिटर चेकजाँच गर्न जाँदा वर्षाैँदेखि विद्युत चोरी गरि प्रयोग गरेको भेटिएको हो ।
घरका भित्ताभित्र योजनावद्ध तरिकाले पाइप जडान गरी तार राखेर मिटरबाहिरबाट सिधा विद्युत प्रयोग गरेको भेटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाले पुष्टी गरेको छ ।
निकै मिहेनतपछि मात्र चोरी भइरहेको पत्ता लागेको थियो । चोरीको पुष्टि भएपछि घरधनी केसीले जरिवाना समेत तिरेका छन् ।




प्रतिक्रिया