काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनाबारे छानबिन गर्न माग गर्दै संसद् अवरुद्ध गरेका छन् । बुधबार संसद् बैठक सुरु हुनासाथ कांग्रेस र राजपाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सर्लाही घटनाको बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै दुई दलले समिति गठन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न पटक–पटक अनुरोध गर्दा पनि सांसदहरुले अस्वीकार गर्दै संसद अवरुद्ध गरेका हुन् ।
सांसदहरुले अवरोध कायमै राखेपछि सभामुख महराले लगत्तै शून्य समय प्रारम्भ भएको जानकारी गराउनुभएको थियो । तर दुवै दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजीपछि सभामुख महराले बैठक बिहीबारसम्मका लागि स्थगित गर्नुभएको थियो ।यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया