मानवता खोइ ? बस्ती हटाउने अभियानविरुद्ध माइतीघरमा प्रदर्शन

मानवता खोइ ? बस्ती हटाउने अभियानविरुद्ध माइतीघरमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियानविरुद्ध युवाहरुले विरोध प्रदर्शन गरेका छन्। शनिबार माइतीघर मण्डला मा भेला भएका युवाहरुले सुकुम्बासी तथा भूमिहीनहरुको उचित व्यवस्थापन नगरी जबरजस्ती हटाइएको भन्दै सरकारको कदमको विरोध गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले सुकुम्बासीहरुको सही व्यवस्थापन गर, खोइ मानवता, डोजरले पुर्‍यो, सुकुम्बासी समस्या असमान वितरण र आर्थिक असमानताको उपज हो, सुकुम्बासी नेपालभित्र पर्छन् कि पर्दैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरुले अव्यवस्थित बस्ती हटाउने नाममा बालबालिका, गर्भवती, सुत्केरी, बिरामी तथा ज्येष्ठ नागरिकलाई समेत प्रभावित पार्ने गरी सञ्चालन गरिएको अभियान तत्काल रोक्न माग गरेका छन्। साथै, दीर्घकालीन समाधानका लागि सुकुम्बासी र भूमिहीन नागरिकहरुको सम्मानजनक पुनर्स्थापना सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रदर्शनकारीहरुले मानव अधिकारको सम्मान गर्दै योजनाबद्ध ढंगले व्यवस्थापन नगरी बल प्रयोगका आधारमा बस्ती हटाउने कार्यले सामाजिक समस्या झनै जटिल बन्ने चेतावनी दिएका छन्।