एनसेल र एनटिसी गरि देशभरका १२ वटा टावरमा आगजनी र विस्फोट

एनसेल र एनटिसी गरि देशभरका १२ वटा टावरमा आगजनी र विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साउन १५ र १६ गते देशभरका विभिन्न जिल्लामा रहेका एनसेल र एनटिसी टेलिकमका १२ वटा टावरमाथि आगजनी र विस्फोट भएको छ ।

अज्ञात समूहले गएराति एक दर्जन बढी जिल्लामा रहेका टेलिकम टावरमा आगजनीका साथै विस्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान आठ बजेसम्म झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलबस्तु, डडेल्धुरा, डोटी र कैलालीमा रहेका नीजि दूरसञ्चार कम्पनी एनसेलका टावरमाथि आगजनी गरिएको छ भने अर्घाखाँचीमा १ वटा नेपाल टेलिकमको टावरमा आगजनी गरिएको छ । त्यस्तै झापामा १ र धादिङमा १ वटा एनसेलको टावरमा बिस्फोट गराइएको छ ।

प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगजनी गराएको हुन सक्ने आशंका गरेको छ । यो समूहले यसअघि पनि विभिन्न समयमा टेलिकमका टावरमा आगजनी र विस्फोट गराउँदै आइरहेको छ ।