उत्तर कोरियाली सैनिक भागेर किन गए दक्षिया कोरिया ?

उत्तर कोरियाली सैनिक भागेर किन गए दक्षिया कोरिया ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बीबीसी – भागेर दक्षिण कोरिया पुगेका उत्तर कोरियाली एक सैनिकलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको जनाएको छ ।

दुई कोरियाको बीचमा रहेको निःशस्त्रीकृत क्षेत्र पार गरेर दक्षिण कोरिया प्रवेश गरेका एक उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियाले थर्मल इमेजिङ उपकरणले पत्ता लगाएको दक्षिणका जोइन्ट चीफ्स अफ स्टाफ (जेसीएस) ले जनाएको छ ।

पहिचान नखुलाइएका व्यक्ति सक्रिय सेवामा रहेका सैनिक हुन् र उनले सउलमा बस्ने इच्छा देखाएको जेसीएसको भनाइ छ ।

उत्तर कोरियाबाट प्रत्येक वर्ष अनेकौं मानिस भाग्ने गरेका छन् तर निःशस्त्रीकृत क्षेत्र हुँदै आउनु निकै खतरनाक हुन्छ ।

अहिले भागेर आएका सैनिकलाई बुधवार मध्यरातमा इमजिन नदीनजिक पत्ता लगाइएको थियो । उक्त नदी उत्तर हुँदै दक्षिण कोरियामा बग्छ ।

उनलाई दक्षिण कोरियाली सैनिकहरूले समातेर सैन्य हिरासतमा लिएका छन् ।