आगजनी गर्ने विप्लवका ३ कार्यकर्ता हतियारसहित पक्राउ

आगजनी गर्ने विप्लवका ३ कार्यकर्ता हतियारसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेकपाका तिन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  रौतहटको चन्द्रपुर नगपालिका ३ नम्बर वडा कार्यालय गैडाटारमा आगजनी गर्ने नेकपा विप्लव समुहका तिन जना कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

साउन १५ गते विप्लव समुहले आवह्ना गरेको बन्दको पूर्व सँध्यामा राति गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा अवस्थित वडा कार्यालयमा सो समुहले आगजनी गर्दा कार्यालयमा रहेको कागजात, कम्प्युटर लगायतका सामान नष्ट हुदा २० लाख भन्दा बढीको क्षति भएको थियो ।

आगलागी भएको घटना लगतै अनुसन्धानमा जुटेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले घटनामा संलग्न भएको भन्दै ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिंग, मान बहादुर वाइवा, गैडाटारका रेव प्रसाद मैनालीलाई रहेका छन् ।

पक्राउ परेका मध्ये रामबहादुर घिसिंगको साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ८ थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पक्राउ परेका रेव प्रसाद मैनालीको साथबाट एक थान गोली, तामाको पाइपको टुक्रा २ थान र दस्तावेजहरु बराममद भएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले बुधबार आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालयमा आगजनी भएको थियो ।