काठमाडौं – आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित बर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले पश्चिम पहाडका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल नेपालभन्दा दक्षिण रहेको मनसुन न्यून चापीय रेखा बिस्तारै उत्तरतर्फ सरिरहेको छ । यो रेखा नेपालनजिक आइपुगेपछि वर्षाको मात्रा बढ्ने मौसमविदले बताएका छन् ।
यस्तो छ मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको आगामी तीन दिनको मौसम मौसमी विवरण :
श्रावण १७ गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
श्रावण १८ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
श्रावण १९ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।
राति : देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।




प्रतिक्रिया