काठमाडौं – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १११औँशाखा काठमाडौँको भैसेपाटिमा संचालनमा ल्याएकोे छ ।
यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु माझवित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंककाशाखा संख्या ११ पुगेको छ ।
यो शाखाका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमाल गायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।
यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।




प्रतिक्रिया