नख्खु कारागारमा कैदीबीच झडप, एकको मृत्यु

नख्खु कारागारमा कैदीबीच झडप, एकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको नख्खुस्थित नख्खु कारागारमा कैदीबन्दीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा नख्खु कारगारमा जबरजस्तीकरणी मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीवको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए ।

मार्ने उद्योगमा सजाय काटिरहेका पवनकुमार महतोले इँटाले हिर्काउँदा राजीवको ज्यान गएको ललितपुर प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र धानुकले जानकारी दिए ।घटनाबारे थप विवरण आउन बाँकी छ ।